काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमा सर्वसाधारणका करिब चार हजार गुनासो अझै फछ्र्योट हुन बाँकी रहेको छ । 

वि.सं २०६८ कात्तिकबाट सर्वसाधारणको गुनासोलाई सम्बन्धित मातहतका कार्यालयलाई पु¥याएर समस्या समाधान गर्ने भनेर सञ्चालनमा आएको हेलो सरकारले अझै चार हजार गुनासोलाई नगरेको हो । 

हेलो सरकारका प्रमुख प्रद्युन्नप्रसाद पौडेलले गुनासो फछ्र्योट भइरहेको भन्दै अझै चार हजार गुनासो फछ्र्योट हुन बाँकी रहेको जानकारी गराए । 

उनका अनुसार ४९ हजार ५५८ मध्ये अहिलेसम्म चार हजार ५४९ गुनासा फछ्र्योट भएको छ । 

‘कतिपय नीतिसँग जोडिएका गुनासो आउने गर्दछन ।’उनले भने–‘त्यसैले त्यस्ता गुनासो फछ्र्योट गर्न समय लाग्ने गर्दछन् ।’ 

उनका अनुसार सबैभन्दा बढी गृह मन्त्रालयसँग जोडिएका धेरे गुनासो आउने गर्दछन् । दैनिक करिब ६० गुनासोमध्ये २० वटा जति गृहसँग जोडिएका गुनासा आउने गरेका छन् । 

अहिले ट्राफिक नियम मिचेको, अव्यवस्थित पार्किङ गर्ने गरेको, सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु बसाएको गुनासो बढी आउने गरेको उपसचिव समेत रहनुभएका पौडेलले जानकारी गराए । 

यसैगरी, हेलो सरकारमा ट्वीटरमा बढी गुनासा आउन थालेका छन् । २०७२ साल पुसदेखि ट्वीटर सञ्चालन गरेको हेलो सरकारमा दैनिक बढी गुनासो ट्वीटरमा आउने थालेको उनले बताए । 

उनका अनुसार ट्वीटरमा दैनिक करिब ४० को हाराहारीमा गुनासो आइरहेका छन् । फोनमा भने करिब १५ गुनासो आउने गरेका छन् । 

हेलो सरकारले पाँचै विकास क्षेत्रमा क्षेत्रीय कार्यालय समेत खोलेको छ ।