काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले दाङको लमहीस्थित होटेल ए–१ लभली स्टारमा विशेष छुट पाउने भएका छन्।
कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच छुट सम्बन्धमा समझारी भएको हो। भएको हो।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भाइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्यमार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवामा आकर्षक छुटको प्रावधान गरेको हो। बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले उक्त होटेलको लजिङ शुल्कमा १५% र फुडिङ शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटीएम, ४८ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19