काठमाण्डौ । सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार होटेल समूहका सेयर हारालुछ भएका छन्।
होटेल समूहमा सूचीकृत भएका सेयरहरुले आज सर्वाधिक कमाउने कम्पनीका शीर्ष ५ स्थान ओगटेका छन्।
यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृत होटेल समूहअन्तर्गतका तारागाउँ रिजेन्सी होटेल (टीआरएच), सोल्टी होटेल (एसएचएल), ओरियन्टल होटेल लिमिटेड(ओएचएल) १० प्रतिशत हाराहारी मूल्य बढेका छन्।
होटेल समूह किन चम्किँदैछ ?
कोभिड–१९ को प्रभाव सबैभन्दा बढी होटेल समूहमा नै परेको छ। यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले समेत कोभिडले थिलथिलो भएको होटेल सेक्टर उठाउन १२ अर्ब ४६ करोड रुपैयाँ पुनरकर्जा प्रवाह भएको छ। जसले आगामी दिनमा होटेल सेक्टरको ग्रोथका लागि धेरै सहयोग आशा लिइएको छ।
चन्द्रागिरी हिल्सको आईपीओ प्रभाव
नेप्सेमा चन्द्रागिरी हिल्सको सेयर सूचीकरण हुँदैछ। सर्वसाधाराणका लागि झन्डै १४ लाख कित्ता सेयरमात्रै बाँडफाँड भएको छ र जसमध्ये अधिकांश सेयर होल्ड नै हुने र बजारमा यसको आपूर्ति कम हुने भएकाले यसको सेयरमूल्य न्यूनतम रु. १ हजार पुग्ने प्रक्षेपण भएको छ।
सम्भवतः होटेल समूहमा नै सूचीकरण हुन लागेको चन्द्रागिरी हिल्सको सेयरले नेप्सेमा यसअघि नै सूचीकरण भएका होटेलका सेयरहरु रु. २-३ सय हाराहारीमा फालाफाल पाइएका सेयरहरु पछि खोसाखोस हुने भएकाले पनि आज होटेल समूहमा लगानीकर्ता झुम्मिएका ब्रोकरहरुको भनाइ छ।
प्राविधिक विश्लेषण
होटेल समूहका सेयर कोभिड–१९ का कारण विगत धेरै समयदेखि साइडवेजमा छ। होटेलमा एउटा सानो मुभमेन्ट आउन सकेको खण्डमा होटेलका सेयरमूल्य ३ गुणासम्म बढ्ने प्राविधिक विश्लेषकहरुको मत छ।
कोभिड–१९ भ्याक्सिन
नेपालमा कोभिड भ्याक्सिनको खोप लगाउन सुरु भएसँगै अब थप भ्याक्सिन उपलब्ध भई जनजीवन सामान्योन्मुख भइरहेको छ भने अब होटेल तथा पर्यटन क्षेत्र जुर्मुराउने प्रयास गरेकाले होटेलका सेयर हारालुछ भएको देखिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago