काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरुमा वसन्त ऋतुका अनेक रङलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।
होलीको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
काठमाण्डौको मुटु ठमेल, इन्द्रचोक, असन, वसन्तपुरलगायतका क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। ठूलो संख्यामा विदेशी पर्यटकले होली पर्व उत्साजनक मनाइरहेका छन्।
वसन्तपुर क्षेत्रमा अहिले होली खेलेर रमाउनेको मानवसागर नै उर्लिएको छ। उनीहरुले उत्साहजनक ढंगले होली मनारहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19