Black Market
सप्तरी । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा स्थानीय व्यापारी रञ्जित दासलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लि पेट्रोल ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । अभियुक्त दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने जनाइएको छ ।
यसैबीच, प्रहरीले राजविराज नगरपालिका–४ बाट सोमबार ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय राजविराजका इन्चार्ज ब्रह्मदेव साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजविराजका ५, ६ र ९ वडाबाट करिब छ क्विन्टल अवैध मदिरा बरामद गर्नाका साथै मदिरा बनाउने सामान बरामद गरेको हो ।
गङ्गा बास्तोला र तारा मगरका घरबाट मदिरा र त्यो बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा भाँडाकुँडासहितका मदिराजन्य सामग्री बरामद गरिनाका साथै दुवै अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago