काठमाण्डौ । १० मेगावाट(मेवा) क्षमताको सौर्य आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ ।
गोल्यान ग्रूपको कम्पनी प्योर इनर्जी प्रालिले निर्माण गरेको आयोजनाले आइतबारदेखि उत्पादन परीक्षण सुरु गरेको हो ।
बाँकेमा निर्माणाधीन २० मेगावाटका दुई आयोजनामध्ये पहिलो भाग अर्थात बाँके–१ सौर्य आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण थालेको कम्पनीले बताएको छ ।
आयोजनाको विद्युत् १५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनीले नै निर्माण गरेको हो । उक्त आयोजनाबाट पनि वार्षिक २० हजार २३४ मेगावाट घन्टा विद्युत् उत्पादन हुने बताइएको छ ।
कम्पनीले विद्युत् प्राधिकरणसँग सन् २०२१ डिसेम्बरमा नै विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो । गोल्यान समूहको लगानीमा १० मेगावाट क्षमताको बाँके–२ सौर्य विद्युत् आयोजनाले भने बिसं २०७९ चैत २३ गतेदेखि नै विद्युत् उत्पादन गरिरहेको छ ।
आयोजनाबाट वार्षिक २० करोड ३ लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजनामा नबिल बैंकले ७५ प्रतिशत ऋण लगानी गरेको छ भने बाँकी स्वपूँजी लगानी छ ।
गोल्यान ग्रूपले ती आयोजनासँगै थप ४० मेगावाट सौर्य आयोजना अघि बढाएको छ ।
दुबै सौर्य आयोजना सञ्चालनमा आएपछि प्योर इनर्जी देशकै सबैभन्दा ठूलो सौर्य उत्पादक कम्पनी बनेको छ ।
गोल्यान ग्रूपले जलविद्युत आयोजनामा पनि लगानी गरिरहेको छ । कम्पनीले आगामी सन् २०३० भित्र ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको बताएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19