काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको ‘१०% लक्ष्मी बैंक डिबेन्चर–२०८६’ अन्तर्गतका २० लाख कित्ता डिबेन्चर असोज २३ गतेदेखि बिक्री खुला गरिने भएको छ ।
बैंकले १० वर्ष अवधि तथा वार्षिक १०% ब्याजदर भएको प्रतिडिबेन्चर रु १००० अंकित कुल २ अर्ब मूल्यबराबरको डिबेन्चर निष्कासन गर्न लागिएको हो । कुल डिबेन्चरमध्ये ८ लाख कित्ता डिबेन्चर अर्थात् कुल ८० करोड रुपैयाँ ऋणपुँजी रकम (५% अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासबाट बिक्री गरिने तथा १२ लाख कित्ता डिबेन्चरले हुन आउने कुल १ अर्ब २० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिनेछ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।
यो डिबेन्चरको निष्कासन बन्द छिटोमा असोज २७ र ढिलामा कात्तिक २२ गते हुनेछ ।
यो डिबेन्चरको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड तोकिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19