काठमाण्डौ । पछिल्लो २४ घण्टा देशभरबाट १ हजार ११२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्यासहित कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ । कुल संक्रमितमा निको हुने दर अब ५४ प्रतिशतबाट बढेर ५६ प्रतिशत पुगेको छ । 

पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ३८८ कोरोना संक्रमित थप भएका छन् । काठमाण्डौमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् । 

पछिल्लो समयमा देशभर ३२० महिला र ८०० पुरुष गरी १ हजार १२० संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । 

बुधबारसम्म सरकारले देशभर ७ लाख १८ हजार ४३९ पीसीआर परीक्षण गरेको छ । 

यसैबीच, पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न क्षेत्रमा १२ जनाको कोरोना संक्रमण लगायतका कारण मृत्यु भएको छ । यसरी मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।