security board of Nepal
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी माघदेखि लागू गर्ने भनिएको सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने गर्ने प्रणाली(आस्वा)मा ११ वटा बैंकहरुले सहभागिताको स्वीकृति पाएका छन् ।
नौ वाणिज्य बैंक र २ विकास बैंकले आस्वा प्रणालीमो सहभागिताको अनुुमति पाएका शुक्रबार एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डले जनाएको छ ।
आगामी माघदेखि लागू गर्ने क्रममा सोमा सहभागी हुन योग्य बैंक वा वित्तीय संस्थालाई अनुमतिको लागि निवेदन दिन सार्वजनिक सूचना गरेकोमा सोही वमोजिम यसमा सहभागी हुन वोर्डमा निवेदन प्राप्त देहाय अनुसारका एघार वटा बैंक तथा वित्तीय संस्थाहरुलाई अनुमति प्रदान गरिएको छ । आस्वा प्रणालीमा सहभागिताको अनुमति पाउने बैंकहरुमा सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, कैलाश विकास बैंक, एस डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक, एनबी बैंक र कुमारी बैंक रहेका छन् ।
बोर्डका अनुसार सो प्रणालीमा समावेश हुन थप ६ वटा बैंक तथा वित्तीय संस्थाहरुको निवेदन प्राप्त भएको छ । आस्वा प्रणालीमा सहभागिताका लागि निवेदन दिने समयावधि नतोकिएको उल्लेख गर्दै अन्य योग्य बैंक तथा वित्तीय संस्थाहरुले समेत वोर्डमा सम्पर्क गरी निवेदन दिनसक्ने बताइएको छ ।
११ बैंकले आस्वा प्रणालीमा सहभागिताको अनुमति पाएपछि आगामी माघदेखि सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने आफ्नो योजनामा सहजता थपिने र र सार्वजनिक निष्काशनमा आवेदन दिने सम्बन्धी विद्यमान झण्झटिलो प्रक्रियामा सुधार भई लगानीकर्तामैत्री हुने बोर्डले दाबी गरेको छ ।
र, यो पनि पढ्नुहोस्
झञ्झटिलो सार्वजनिक निश्कासनमा यसरी हुँदैछ 'ब्रेक थ्रु'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago