काठमाण्डौ । लामो सकयको अन्तरालपछि नेप्से १२०० विन्दू भन्दा तल झरेको छ ।
बुधबार कारोबारको अन्तिम समयमा नेप्से परिसूचक घटेर ११०० को लाइनमा पुगेको हो ।
बजार बन्द हुन करिब १० मिनेट बाँकी छँदा नेप्से परिसूचक ९.३ अंकले घटेर ११९८ को विन्दूमा सीमित हुन पुगेको छ ।
बजार निरन्तर घटिरहेकोले कारोबार बन्द हुँदासम्म केही अंक अझै घट्ने देखिन्छ ।
यो बेलासम्म होटल समूहमा ५ अंकको बढोत्तरी भए पनि बाँकी सबै समूहमा रातो पोतिएको छ ।
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको १० करोड बढीको संस्थापक सेयर कारोबार भएका कारण कारोबार रकम ३३ करोड पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत सुस्तता आएको देखिन्छ ।
नेप्से परिसूचकले निकै लामो समय १२०० को लाइनलाई बटम मानेर त्यसैको माथि घुमिरहेको थियो । लगानीकर्ता बजार १२०० मुनि नजाने वा बजारलाई सो विन्दूभन्दा तल जान नदिने पक्षमा थिए, तर बजार घटेर ११०० को लाइनमा झरेको हो ।
विश्लेषकहरुले बजार घटेर ११८० को विन्दूसम्म पुग्नसक्ने यसअघि नै प्रक्षेपण गरिसकेका छन् । तर, ११८० को विन्दूदेखि पनि अझै घट्यो भने चाहि अवस्था केही गम्भीर बन्नसक्ने उनीहरुको चेतावनी छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19