काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा रौनक छाएको छ । बढ्दो अनलाइन कारोबारीको संख्या र नयाँ लगानीकर्ताको प्रवेशले सेयर बजार गुल्जार बन्दै गएको देखिन्छ ।
हिजो आइतबार बजारमा भारी अंकले गिरावट आयो । लगानीकर्तामा एक किसिमको सन्त्राससमेत छायो । अब बजार के हुन्छ ? यो प्रश्न आम लगानीकर्ताहरुमा मनमा खुल्दुली भइरहेको विषय पनि हो । अधिकांश लगानीकर्ताहरु बजार बढ्ने तर्क गरिरहेका छन् भने केही स्मार्ट लगानीकर्ता नेप्से परिसूचक केही तल्लो विन्दूमा आउने र बजारले सेयर किन्ने सुनौलो मौकासमेत प्रदान गर्ने आशामा देखिन्छन्।
बजार विश्लेषण गर्दा आधारभूत र प्राविधिक विश्लेषणको उत्तिकै महत्व हुन्छ । पछिल्लो समय नेपालमा आधारभूतसँगै प्राविधिक विश्लेषणको आधारमा समेत कतिपयले खरीदबिक्रीको निर्णय लिने गर्दछन् । बजारका लागि आधारभूत विश्लेषणमा चौतर्फी सकारात्मक माहौल रहेको जानकारहरुले दाबी गरिरहँदा प्राविधिक पाटोबाट चाहिँ बजारको भविष्य कस्तो देखिन्छ ? बिजशालासँग प्राविधिक विश्लेषक विष्णु बस्यालले कुराकानी गरेका छन् ।
विश्लेषक बस्याल आज नेप्से परिसूचक १३ सय ८५ बाट बाउन्स भई १४ सय माथि नै रहनु बजारका लागि सकारात्मक रहेको बताउँछन् । परिसूचक १४ सय १५ विन्दू सँगसँगै कारोबार रकमले समेत बलियो साथ दिएको खण्डमा नेप्से परिसूचकले १ महिनाभित्रै १६ सय विन्दू चुम्ने बस्यालको प्रक्षेपण छ ।
यदि नेप्से परिसूचक १३ सय ८५ को विन्दूबाट ओरालो यात्रा तय गरे निकट समयमै परिसूचक १३ सय ५० देखि १३ सय ६० का बीच रहनसक्ने बस्यालको अनुमान छ । यदि बिक्री चापका साथ परिसूचक १३ सय ५० विन्दूबाट तल ओर्लिएको खण्डमा भने डेढ महिनाभित्रै नेप्से परिसूचक १२ सय र १२ सय ५० का बीच आउनसक्ने उनको विश्लेषण छ ।
आम लगानीकर्ता बजार बढ्ने अनुमान लगाइरहेका छन् । नेप्से परिसूचकले ओरालो गति समाउला त भन्ने जिज्ञासामा बस्याल भन्छन् -'आमलगानीकर्ताको चाहना र बजारको दिशा ठ्याक्कै उल्टो हुन्छ । अधिकांश खुद्रा लगानीकर्ताका लागि यो खतरनाकसमेत हुनसक्छ । भोल्युम बढ्दै बजार डाउन गए वियरिस ट्रेण्डमा नै जान्छ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago