काठमाण्डौ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१–८२ देखि कार्यान्वयनमा आउने गरी १६औँ योजना तर्जुमाको तयारी सुरु गरेको छ।
आयोगले योजना तर्जुमाका लागि विज्ञहरुको रायसमेत लिने भएको छ। १६औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा अर्थविद्हरुसँग छलफल गर्नेछ।
बुधबार दिउँसो होटेल याक एन्ड यतीमा पूर्वउपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए।
दाहालका अनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह–सुझाव लिनेछ। बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago