काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १६७ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न क्षेत्रबाट १६७ कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा पनि विगत केही दिनमा झै नयाँ संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी छ । यो अवधिमा २१३ संक्रमित डिस्चार्ज भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ पुगेको छ । 

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ३९ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये अधिकांश दीर्घरोगी समेत थिए ।