-अर्जुन तिमिल्सिना
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार(आज) बजार करिब ३० अंकले घटेर बन्द भएको छ । 

प्राविधिक रुपमा आज बजारमा वियरिस मारुबुजु प्रकृतिको क्यान्डल बनेको छ । 

बोलिङ्गर ब्यान्डमार्फत हेर्दा आज बजार तल्लो ब्यान्डमा छोएर बन्द भएको छ । डेली बेसमा अपर ब्यान्ड र लोवर ब्यान्डको दूरी कम हुँदै गएको छ । 

कारोबार र भोलुममार्फत हेर्दा आज बजार घट्दा कारोबार बढेको छ । यसले बजारमा बिक्री दवाब परेको बुझ्न सकिन्छ।

डेली बेस्डमा नै बजारलाई म्याक्डीमार्फत हेर्दा अघिल्लो महिना बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । 

हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । एमएसीडी लाइन र सिग्नल लाईनको दूरी झन् झन् बढेको छ । यसले बजारमा बिक्री दवाब परेको देखिन्छ । डेली बेस्डमा नै आरएसआईमार्फत हेर्दा बजार ओभरसोल्ड जोन ३४ को तहमा पुगेको छ । 

बजारलाई आवर्ली बेस्डमा विभिन्न इन्डिकेटरबाट हेर्दा म्याक्डी र आरएसआईमा कुनै सुधार देखिँदैन । आरएसआई ओभरसोल्ड जोन २६ मा पुगेको छ । बजारलाई डाउथेउरीमार्फत हेर्दा १९८८ बाट तल खसेपछि नयाँ लोवर लो बनाएर आज १९६० मा बन्द भएको छ । 

पिभटमार्फत बजारलाई नियाल्दा आज १९६६ को दोस्रो सपोर्ट भत्काएको बजारले अब १९४७ र १९२८ मा क्रमशः सपोर्ट लिन सक्ने छ । यदि बढेमा भने बजारले १९९७ , २००९ र २०२८ मा क्रमशः प्रतिरोध सामना गर्न सक्नेछ ।

निचोडमा हेर्दा, लगातार घटेको बजारले आरएसआई ओभरसोल्ड जोन ३४ को तहमा आइपुगेको छ । यस्तो विन्दु ३० भन्दा तल आइपुगेपछि बजार फर्किन सुरु गरेको हो । यस आधारमा पिभट्मार्फत बलियो सपोर्ट खोज्दा बजार १९२८ को आसपासबाट फर्कनसक्ने अधिक सम्भावना देखिन्छ ।