काठमाण्डौ । पछिल्लोपटक १८३५ को विन्दुमा सपोर्ट लिएर फर्किएको सेयर बजारले आज १९९० मा प्रतिरोध सामना गरेको छ।
अघिल्लोपटक बजारले गत सेप्टेम्बर १५ पनि यही विन्दुमा प्रतिरोध सामना गरेर तल झरेको थियो। आज बजारले करिब डेढ सय अंक बढेपछि पुनः त्यही विन्दुमा ठोक्किएर तल झरेपछि धेरैको मनमा बजारको आगामी यात्राको विषयमा चिसो पस्नु स्वाभाविक नै हो।
बजारले जहिले पनि अघिल्लोपटक प्रतिरोध सामना गरेको विन्दुमा प्रतिरोध सामना गर्दै अगाडि बढ्ने गर्छ। यदि बजारले आगामी दिनमा बढ्दै गएमा पुनः १९९० मै र त्यसपछि माथि गएमा २०९० मा र त्यसपछि पनि पुनः बढेमा २२२८ मा प्रतिरोध सामना गर्न सक्छ।
आज सामान्य अंकले घटेको बजार यदि १९१८ सम्म आउँछ भने पनि त्यो सामान्य करेक्सन नै हुनेछ। त्योभन्दा तल आएमा भने बजारका अवस्था केही कमजोर भएको मान्न सकिन्छ।
बोलिंगर ब्यान्डमा भने आज बजारले माथिल्लो ब्यान्डमा इन्भर्टेड ह्याम्मर बनाएको छ। म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै छ।
दैनिक चार्टमार्फत बजारको हालको आरएसआईले भने ६० को तहलाई ब्रेक गरेर बढ्दो गतिमा ६२ मा पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19