काठमाण्डौ । सानिमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएशन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको  हो ।

कम्पनीको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले रक्तदानमा सहभागी भएका रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कम्पनीले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।कम्पनील हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।  कम्पनीले सात वटै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा एटीएम सञ्चालनमा छन् ।