काठमाण्डौ । चुक्तापुँजीको २०० प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनका लागि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो फाइनान्सको सेयरमूल्य समायोजन भएको छ। समायोजित मूल्यअनुसार यो फाइनान्सको प्रतिसेयर १०८.३३ रुपैयाँ कायम भएको छ। 

समृद्धि फाइनान्सले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु. १०० अंकित दरका २६लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५४ करोड ५९ लाख रुपैयाँ बढी हुनेछ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

यो हकप्रद निष्कासनका लागि कम्पनीले आज शुक्रबार एक दिनका लागि बुक कलोज गरेको छ। यसको अर्थ हिजो बिहीबार (भदौ ११ गते) सम्म कायम सेयरधनीहरुमात्र हकप्रद खरिदका लागि योग्य हुनेछन्।