काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार ओरालो लागेर २००० को लाइनमा झरेको छ।
बजार आज ३३.७६ अंकले घटेर २०७८.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३.४८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार अहिले मुख्य समस्या तरलताकै रहेको बताउँछन्। ‘यही कारणले बैंकहरुले मार्जिन कल गर्न थालेको सुन्नमा आएको छ’, उनले भने, ‘अब एक–डेढ महिना त्यस्तो नीतिगत परिवर्तन पनि नहुने देखेर लगानीकर्ताहरुले सेयर बेचेका पनि हुन सक्छन्।’
अहिले लगानीकर्ताहरु धेरै त्रसित अवस्थामा रहेको घिमिरे बताउँछन्। ‘नियमनकारी निकायहरुले अब नीतिगत रुपमै बजारमा सुधार गर्नुपर्छ’, उनले भने, ‘तरलता सहज हुने गरी काम नभएमा बजारमा अझै खराब अवस्था आउन सक्ने पनि देखिन्छ। त्यसैले नियमनकारी निकायहरु बेलैमा सचेत हुन आवश्यक छ।’
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि बजार घट्नुमा तरलताको अभाव नै रहेको बताउँछन्। ‘ब्याजदर जहिले पनि एकल अंकमा हुँदा बजार बढ्ने र दोहोरो अंकमा हुँदा बजार घट्ने गर्छ’, उनले भने, ‘ब्याजदरकै कारण पनि बजार घटेको हो।’
न्यौपानेले पनि बजारको विकास र विस्तारका लागि नीतिगत सुधार नै आवश्यक रहेको बताए।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
आज व्यापार समूह सर्वाधिक २.५६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह २.३४ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.६८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८६ प्रतिशत, विकास बैंक समूह १.५५ प्रतिशत, जलविद्युत समूहमा १.३ प्रतिशत, वित्त समूहमा १.३७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७४ प्रतिशत, अन्य समूहमा ०.८१ प्रतिशत, लघुवित्त समूहमा १.४४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७४ प्रतिशत र लगानी समूहमा १.९१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नागरिक लगानी कोषको ४ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३ कोड ८४ लाख रुपैयाँ, अपी पावरको ३ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको ३ करोड १४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ४८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ कम्पनीका सेयरधनीहरुले सर्वाधिक कमाए। यो दिन उपकार लघुवित्तको सेयरभाउमा १० प्रतिशत र बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago