काठमाण्डौ । साल २०७८ मा मात्र आईपीओ निष्कासन गर्ने कम्पनीहरुको संख्या २० रहेको छ।
गत वर्ष ती कम्पनीहरुले ५ करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गरेका हुन्। गत वर्ष ९ वटा जलविद्युत कम्पनी, ७ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा इन्भेस्टमेन्ट कम्पनीले ५ अर्ब ४९ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेका थिए।
सर्वाधिक आईपीओ निष्कासन गर्ने बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल (४ वटा), प्रभु क्यापिटल (३ वटा) र एनआइबिएल एस क्यापिटल (३ वटा) रहेका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०७८ सालमा मात्र १४ वटा कम्पनीहरुले आईपीओ निष्कासनको स्वीकृति पाएका थिए। तीमध्ये चैत महिनामा मात्रै सीवाईसी लघुवित्त, रिभर फल्स पावर, विन्ध्यवासिनी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतले आईपीओ निष्कासनको अनुमति पाएका छन्। यी कम्पनीहरुले भने २०७९ सालमा आईपीओ निष्कासन गर्ने छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19