काठमाण्डौ । सरकारले २०८० को दशकलाई भ्रमण दशक मनाउने घोषणा गरेको छ।

सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले सन् २०२५ लाई पर्यटन प्रवर्द्धन वर्षका रुपमा मनाइने समेत उद्घोष गरे । 

नीति तथा कार्यक्रममा हवाइ क्षेत्रलाई सुरक्षित बनाउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्ने उल्लेख छ । 

नेपाल वायु सेवा निगमलाई पुनर्संरचना गरिने समेत उद्घोष भएको छ ।

यस्तै, सरकारले निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने समेत उद्घोष गरेको छ । 

्नीति तथा कार्यक्रममा निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने विषय समेत समेटिएको छ ।