काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको छ ।
योसँगै चालु आर्थिक वर्षका लागि ३३ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य धितोपत्रको सूचिमा परेका छन् । २८ मध्ये १२ वटा वाणिज्य बैंक मात्र मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।
नेप्सेले भदौ २६ गतेसम्ममा २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको हो ।
मार्जिन कारोबार सुविधा लगानीकर्तालाई प्रदान गर्नका लागि मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ मा भएको व्यवस्था बमोजिमको आवश्यक प्रक्रिया पूरा गरी निवेदन प्राप्त भएका सदस्य दलाल व्यवसायीहरु(ब्रोकरहरु)ले नेपाल राष्ट्रबैंकबाट मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमति पाएकाहरुलाई नेप्सेले समेत अन्तिम अनुमतिपत्र दिएको हो ।
मार्जिन कारोबारको अनुमति पाउने ब्रोकर कम्पनीहरु यसप्रकार रहेका छन्:
यसैबीच, नेप्सेले आर्थिक वर्ष २०७६\७७ का लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूचि सार्वजनिक गरेको छ ।
यो अवधिका लागि सार्वजनिक गरिएको सूचिमा १२ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ९ वटा माइक्रोफाइनान्स, ३ जलविद्युत कम्पनी, एक होटल, अन्य समुहबाट एक कम्पनी मात्र परेका छन् ।
कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खूद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशतको दरले लाभांश वितरण गरेको, दोश्रो बजारमा अघिल्लो आर्थिक वर्षभरि कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधायोग्य धितोपत्रको सूचिमा अटाउनसक्ने व्यवस्था रहेको छ ।
मार्जिन कारोबारयोग्य धितोपत्रको सूचिमा कुन कुन सूचिकृत कम्पनी परे ? हेर्नुहोस्:
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago