काठमाण्डौ । लगातार तेस्रो दिन सेयर बजार उकालो लागेको छ।
धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार ४४.१६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २३१३ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६७ अंकले बढेर ४४७.१४ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने हिजोको तुलनामा थोरै घटेर १ अर्ब ३५ करोड रुपैयाँ बढीको भएको छ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल तरलता सहज हुँदै गएकोले सेयर बजारमा सकारात्मक प्रभाव परेको बताउँछन्। ‘बैंकहरुको निक्षेप बढेको छ, यसले तरलता सहज हुँदै गएको देखिन्छ’, उनले भनिन्, ‘त्यही भएर बजार सकारात्मक बनेको छ।’
नेपाल इन्भेस्टर्स फोरमकी सदस्य सिर्जना सुवेदी पनि तरलता सहज बन्दै गएकोले बजारमा सकारात्मक महौल बनेको बताउँछिन्। ‘अर्कोतर्फ तत्काल ब्याजदर नबढ्ने सम्भावना छ, यसले पनि लगानीकर्ताहरुको मनोबल बढेको देखिन्छ’, उनले भनिन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ३.८ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.२७ ३.२७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.४६ प्रतिशत, व्यापार समूहमा ०.७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२६ प्रतिशत, विकास बैंक समूह २.६५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१७ प्रतिशत, अन्य समूहमा २.०१ प्रतिशत, लघुवित्त समूहमा १.८७ प्रतिशत, जीवन बीमा समूहमा २.०२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३४ प्रतिशत र लगानी समूहमा २.२९ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक ९ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ३ करोड ८२ लाख रुपैयाँ, बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६८ लाख रुपैयाँ, राधी विद्युत कम्पनीको ३ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ४९ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड १४ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ९ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको २ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीका सेयरभाउमा पोजिटिक सर्किट लागेको छ। बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर र जाल्पा सामुदायिक लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा युनिभर्सल पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। दिव्यश्वरी हाइड्रोपावर र नेसनल हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago