काठमाण्डौ । देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको विवरणअनुसार कुल ११ हजार ६४० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको हो। यो अवधिमा ६ हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको छ। 

योसँगै हालसम्म देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा थप ५१४ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका ३५५ जना, ललितपुरका ११२ जना र भक्तपुरका ४७ जना छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार ८५३ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ।

यो अवधिमा थप ४२ जनाको मृत्यु भएको छ। मृतकको कुल संख्या ९ हजार ५१ पुगेको छ।