काठमाण्डौ । कारोबार खुलेको २ घन्टामै ५ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यो समाचार तयार पार्दासम्म १९७ कम्पनीका १ करोड ५६ लाख ५२ हजार ४२५ कित्ता सेयर ५ अर्ब ९ करोड ४८ लाख ९७ हजार १७६ रुपैयाँमा कारोबार भएको छ। यो हिसाबले आज पनि बजारमा ९ अर्ब बढीको सेयर कारोबार हुने देखिएको छ।
हिजो ९ अर्ब २२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
अहिलेसम्म नेप्से परिसूचक ८.३७ अंकको वृद्धिका साथ १९७६.६४ विन्दुमा पुगेको छ। अहिले जीवन बीमा समूहमा ५९३.६६ अंकले उकालो लागेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19