काठमाण्डौ । आज नेप्से परिसूचकमा कारोबार खुलेको २ घन्टामै साढे ७१ अंकको हाराहारीमा उछाल आएको छ।

यो अवधिमा १७ वटा कम्पनीको सेयरमूल्यमा उछाल आएर पोजेटिभ सर्किट लागेको छ। उच्च कमाउने १० कम्पनीमा ७ कम्पनी लघुवित्त समूहकै छन्। 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ७१.४६ अंकको बढोत्तरीका साथ २०७१.८६ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.६० अंकले उकालो लाग्दै ३९५.३९ को विन्दुमा उक्लिएको छ।

अहिलेसम्म १९७ कम्पनीका ८० लाख ३ हजार २५५ कित्ता सेयर ४ अर्ब १ करोड १७ लाख ७३ हजार २०४ रुपैयाँमा कारोबार भइसकेको छ। यो अवधिमा नेपाल टेलिकमको सर्वाधिक २६ करोड १४ लाख रुपैयाँ बढीको सेयर कारोबार भइसकेको छ।