काठमाण्डौ । धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (बिहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालन गर्ने सरोकारवालाबीच सहमति भएको छ ।
यस्तै, नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने समेत सहमति भएको छ ।
नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर, डीपी र ब्रोकरबीच शुक्रबार भएको छलफलमा यस्तो सहमति बनेको धितोपत्र बोर्डले जनाएको छ ।
छलफलमा प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने समेत सहमति भएको छ ।
यसैगरी, धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आइपीएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आइपिएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने, तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने व्यवस्था समेत गर्ने सहमति बनेको छ ।
यसैगरी, लगानीकर्तालाई मेरो से्यर खाता खोली सोही खाताबाट अनिवार्य रुपमा इडीआइएसमार्फत राफसाफको व्यवस्था गर्ने, २०७७ असार मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गर्ने तथा सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत राफसाफको व्यवस्था मिलाउने समेत सहमति भएको छ ।
धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने, २०७७ असारसम्म अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताहरुसँग् पासवर्ड र यूजर आइडी प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवएथा गर्ने, २०७७ साउनदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले पासवार्ड र यूजर आइडी लिनसक्ने व्यवस्था गर्ने समेत निर्णय भएको छ ।
सिडिएसको सिस्टमबाट आउने एभरेज प्राइसलाई धितोपत्र दलालले म्यानुअल इन्ट्री गर्न नपर्ने व्यवस्था रहेको हुँदा सोअनुरुप कारोबार गर्ने व्यवस्था मिलाउने समेत निर्णय भएको बोर्डले जनाएको छ ।
बोर्डले सबै पक्षको सहभागितामा भएको छलफलमा भएका अन्य निर्णय यस्ता छन्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago