काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईवटा वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएका छन्।

नेप्सेमा राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकका ऋणपत्रहरु सूचीकृत भएका हुन्। 

राष्ट्रिय वाणिज्य बैंकको आरबीबीएल डिबेन्चेर २०८३ नामक ऋणपत्र सूचीकृत भएको छ। यो ऋणपत्र १ हजार अंकित दरका कुल २५ लाख इकाइ सूचीकृत भएका छन्। 

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउँछन्।

यसैगरी एनआईसी एसिया बैंकको एनआईसी एसिया बैंक ऋणपत्र २०८८ नामक ऋणपत्र सूचीकृत भएको छ। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख ७३ हजार ८७२ इकाइ सूचीकृत भएका छन्। 

यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्।