काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेड ३०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । 

बोर्डले यो कम्पनीको आवेदनलाई हकप्रद निश्कासनको पाइपलाइनमा राखेको हो । 

एभरेष्ट इन्स्योरेन्सले पूँजी वृद्धिको उद्देश्यले ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निश्कासन गर्न चाहेको हो । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीले हालै मात्र पनि १०५ प्रतिशत हकप्रद निश्कासन गरेको थियो । जुन नेप्सेमा सूचिकृत भइसकेको छ । यो हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर २७ करोड पुगेको छ । 

अब अहिले मागेको ३ सय प्रतिशत हकप्रद पनि स्वीकृत भयो भने त्यो निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ९ करोडको उचाईमा पुग्नेछ ।