थाइरड परीक्षण
बिना कारण थकान लाग्ने, मांशपेशी दुख्ने, ज्वरो आउने र भोक नलाग्ने समस्या भएमा थाइरडको समस्या हुन सक्छ, तसर्थ थाइरडका लागि टी थ्री, टी फोर र टीएचएसको परीक्षण गर्नुपर्छ । परिवारमा कसैलाई थाइराइडको समस्या छ भने वर्षमा एक पटक थाइरड परीक्षण गर्नुपर्छ ।
रक्तचाप
३० वर्षको उमेर पुगेपछि मानिसलाई रक्तचापको समस्या हुने गर्छ । महिनामा एक पटक रक्तचाप परीक्षण गर्नुपर्छ । उच्च रक्तचापले किड्नी, मुटु र स्ट्रोकको खतरा हुने गर्छ ।
डायबिजिटज
३० वर्ष पुगेपछि वर्षमा एक पटक फास्टिङ र रेड ब्लड सुगर परीक्षण गर्नुपर्छ । बढी गुलियो खानेकुरा खाँदा डायबिटिजको समस्या हुन्छ ।
लिपिड प्रोफाइल
लिपिड परीक्षणबाट कोलेस्ट्रोल र ट्राइगिस्लाइडको तह पत्ता लगाउन सकिन्छ । लिपिड प्रोफाईल बढी भएमा किड्नी र मुटु रोगको खतरा हुन्छ । वर्षमा एकपटक लिपिड परीक्षण गर्नुपर्छ ।
कलेजो परीक्षण
कलेजोले राम्रोसँग काम गरेको छ वा छैन रु लिवरसँग सम्बन्धित कुनै समस्या त छैन भन्ने थाहा पाउन बर्सेनी कलेजो परीक्षण गर्नुपर्छ ।
रिनल प्रोफाइल
किड्नीले राम्रोसँग काम गरेको छ वा छैन पत्ता लगाउन वर्षमा एक पटक रिनल प्रोफाइल परीक्षण गर्नुपर्छ । रिनल परीक्षणबाट किड्नीको समस्या भए वा नभएको पत्ता लगाउन सकिन्छ ।
अल्ट्रा सोनोग्राफी
यो परीक्षणबाट फ्याटी लिवर, स्टोन, अल्सर वा पेटसँग सम्बन्धित अन्य समस्या पत्ता लगाउन सकिन्छ । तसर्थ वर्षमा एक पटक अल्ट्रा सोनोग्राफी गर्नुपर्छ ।
-Agency
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago