काठमाण्डौ । धितोपत्र बोर्डले आरएसडिसी लघुवित्त बित्तीय संस्थालाई १ बराबर २ को अनुपातमा हकप्रद निश्कासनको अनुमति दिएको छ । अन्तिम कारोबार मूल्य ३ हजार १ सय ४० प्रतिकित्ता रहेको यो कम्पनीका सेयरधनीले हकप्रदका कारण मालामाल हुनेछन् । प्रति कित्ता १ सय रुपैयाँमा पाइने हकप्रदपछि मूल्य समायोजनपछि पनि ३१०० प्रतिकित्ताको सेयरको मूल्य सामान्य मात्र घट्नेछ । 

बोर्डको स्वीकृतिसँगै आरएसडिसी लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा २३ लाख कित्ता हकप्रद आफ्ना सेयरधनीलाई बिक्री गर्नेछ ।

एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड यो माइक्रोफाइनान्सको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । 

आरएसडिसी लघुवित्तको २०७३ चैत १२ गते सम्पन्न तेश्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने र २ सय प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । हकप्रदपछि यो कम्पनीको चुक्तापूँजी ३४ करोड ५ लाख पुुग्नेछ ।