काठमाण्डौ । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि पुनः आवेदन सुचारु गरेको छ। 

विभागले आज असोज १ देखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको हो। विभागद्वारा जारी सूचनामा प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन्। 

यसअघि विभागले ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको थियो। ३४ पृष्ठको राहदानीका लागि ५ हजार रुपैयाँ र ६६ पृष्ठको राहदानीका लागि १० हजार रुपैयाँ राजस्व तोकिएको थियो। 

गत असार ३ गतेदेखि भने ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै विभागले ६६ पृष्ठको राहदानीमात्रै वितरण गर्दै आएको थियो। अब भने दुवै प्रकारका राहदानीका लागि आवेदन दिन सकिनेछ।