काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज ३५.३७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१५०.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.७६ अंकले घटेर ४०२.७५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर करिब ६ अर्ब रुपैयाँको भएको छ।
बजार जानकार प्रेम ओली बजारमा आज नाफा बुक भएको बताउँछन्। ‘यो अल्पकालीन नाफा बुक हो’, उनले भने, ‘असारमा ब्याज तिर्नुपर्ने भएकोले पनि केही प्रफिट बुक गरेका हुन सक्छन्।’
अर्कोतर्फ २२०० को विन्दुमा मनोवैज्ञानिक प्रतिरोध पनि रहेको ओली बताउँछन्। ‘त्यसैले बजारमा आज नाफा बुक भएको हो’, उनले भने।
अर्का बजार जानकार अर्जुन थापा पनि आज बजारमा करेक्सन भएको बताउँछन्। ‘बजारमा नाफा बुक हुँदा करेक्सन आएको हो’, उनले भने।
आज बजार घट्दा पनि कारोबार बढ्नुलाई सकारात्मक नै लिनुपर्ने थापा बताउँछन्। ‘तरलता बढ्दै जानु र शोधानान्तर स्थिति बचतमा रहेको छ’, उनले भने।
तरलता बढ्दै जाँदा साउनबाट ब्याजदर घट्ने भएकोले बजार २५०० सम्म पुग्न सक्ने थापाको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूहमात्रै २.४६ प्रतिशतले उकालो लागेको हो।
आज अन्य समूह सर्वाधिक ३.२१ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह र लघुवित्त समूह २.९९ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.५४ प्रतिशत, विकास बैंक समूहमा २.४३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६८ प्रतिशत, जलविद्युत समूहमा १.९६ प्रतिशत, लगानी समूहमा १.९४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५२ प्रतिशत र व्यापार समूहमा २.४५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २८० कम्पनीका १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन लाइफ इन्स्योरेन्सको ८३ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको २८ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको २३ करोड ५६ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १९ करोड ५० लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २७ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको १६ करोड ७५ लाख रुपैयाँ, नागरिक लगानी कोषको १२ करोड ९५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ८२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २२ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। हिमालयन लाइफ इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको १० प्रतिशत तथा सिटी होटेलको १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
यो दिन ईङवा हाइड्रोपावरको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19