काठमाण्डौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २८७ घरधनीसँग  सम्झौता गरेको छ । 

प्राधिकरणका अनुसार ओखलढुङ्गामा १० हजार ७३३, रामेछापमा १३ हजार ७९, गोरखामा दुई हजार ३००, धादिङमा ५९९, नुवाकोटमा २८०, रसुवामा २०८, सिन्धुपाल्चोकमा एक हजार ९२७, काभ्रेपलाञ्चोकमा ९००, दोलखामा पाँच हजार १६१ र सिन्धुलीमा एक हजार १०० घरधनीसँग अनुदान सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । 

“सम्झौता भएका अनुदान पाउने घरधनीलाई बंैकसँग कारोबारको सम्झौता हुने वित्तिकै पहिलो किस्ताको रु ५० हजार दिइनेछ, यो रकम हाल दोलखा र गोरखा जिल्लाका एक हजार भन्दा बढी घरधनीलाई प्रदान गरिएको छ,” उनले भने । लगत सङ्कलन सम्पन्न भए पनि मकवानपुरमा अनुदान सम्झौता सुरु नभएको प्राधिकरणले जनाएको छ ।