काठमाण्डौ । गत वर्षको बोनस सेयरका लागि तीन बैंकसहित चारवटा बैंक तथा वित्तीय संस्थाको शुक्रबार सेयरमूल्य समायोजन भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि प्रभु, एभरेष्ट र नेपाल बंगलादेश बैंक तथा आरएसडीसी लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब प्रतिकित्ता प्रभुको ३४१ रुपैयाँ, एभरेष्टको ६८१ रुपैयाँ र नेपाल बंगलादेश बैंकको २५० रुपैयाँ तथा आरएसडीसी लघुवित्तको ५८१ रुपैयाँ कायम भएको छ। यसअघि यी चार वित्तीय संस्थाको अन्तिम कारोबार मूल्य प्रतिकित्ता क्रमशः ३७५ रुपैयाँ, ७१५ रुपैयाँ, २६५ रुपैयाँ र ६३३ रुपैयाँ थियो।
लाभांश र वार्षिक साधारणसभाका लागि यी चारै वित्तीय संस्था आज (पुस १० गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो (पुस ९ गते) सम्म कायम सेयरधनीहरुले यी बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेका लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
प्रभु र नेपाल बंगलादेश बैंकले यही पुस २६ गते, एभरेष्ट बैंकले पुस २७ गते र आरएमडीसी लघुवित्तले पुस २४ गते आआफ्नो वार्षिक साधारणसभा डाकेका छन्। यिनै सभाबाट सम्बन्धित बैंक तथा वित्तीय संस्थाद्वारा प्रस्तावित लाभांश पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago