काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई इन्स्योरेन्स कम्पनीसहित चार कम्पनीको ८३ लाख २० हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

नेप्सेमा प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सोल्टी होटेलको कुल ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। जसमा प्रिमियर इन्स्योरेन्सको १७ लाख ४९ हजार ४५१ कित्ता, नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता र सोल्टी होटेलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस सेयर छन्। 

यी कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको छ। 

गत आर्थिक वर्षका लागि प्रिमियर इन्स्योरेन्सले १४.२५ प्रतिशत, नेपाल इन्स्योरेन्सले ८ प्रतिशत, मेरो माइक्रोफाइनान्सले १० प्रतिशत र सोल्टी होटेलले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।