काठमाण्डौ । लगातार दुई दिन उछाल आएको सेयर बजारमा आज तेस्रो दिन बिहीबार भारी गिरावट आएको छ।
पहिलो नेगेटिभ सर्किट ब्रेकपछि खुलेको कारोबारको ४ मिनेटमै ११ बजेर ४७ मिनेटमै फेरि ५ प्रतिशतको गिरावट आउँदै दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ। योसँगै नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगित गरेको छ।
यसअघि कारोबार सुरु भएको २३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको गिरावट आएछि पहिलो नेगेटिभ सर्किट ब्रेक लगाउँदै नेप्सले कारोबार २० मिनेटका लागि स्थगित गरेको थियो।
दोस्रो नेगेटिभ सर्किट ब्रेकसँगै १३३ कम्पनीका ६ लाख ३० हजार ५५३ कित्ता सेयर २९ करोड ३५ लाख ६२ हजार १९१ रुपैयाँमा कारोबार भएको छ। यो बेलासम्म सोल्टी होटल र प्रभु बैंकमा नेगेटिभ सर्किट लागिसकेको छ। अन्य चार कम्पनीको सेयरमूल्यमा पनि ९ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19