काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि हिमालयन डिस्टिलरी लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५० प्रतिशत बोनस सेयरका लागि यो कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता सेयर ३ हजार ५२० रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५ हजार २८० रुपैयाँ थियो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नै नगद लाभांश ९करसहित० रहेका छन्। 

प्रस्तावित लाभांश यही पुस २९ गते हुने कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। सभा पर्साको वीरगन्ज नगरपालिकास्थित पिनीबिर्तामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा हुनेछ। 

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस १६ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको सतप्रतिशत लाभांश र सभामा भाग लिन योग्य हुनेछन्।