काठमाण्डौ । दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेला सकिएको छ । 

छ दिनसम्म संचालन भएको मेलामा २ करोड ९० लाखभन्दा बढीको कारोबार भएको र ५० हजार धेरै उपभोक्ता मेलास्थलमा आएका मेला आयोजक इभेन्ट सोलुसनले जनाएको छ । 

भाद्र २१ गतेबाट २६ गते सम्म गरिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबश्यक सामाग्रीहरुको कारोबार गरिएको थियो । कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार भएको थियो । 

मेलामा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट अवलोकनकर्ता आएका थिए।