काठमाण्डौ । पछिल्लो सेयर बजारमा लगातार गिरावट आइरहेको छ। जसका कारण आमलगानीको मनोबल गिर्नुका साथै बजारप्रतिको विश्वास नै गुम्ने अवस्थामा पुगेको छ।
बजार झन्डै ३२०० को विन्दुबाट करिब ४०० अंकले तल आइसकेको छ। राष्ट्र बैंकको मौद्रिक नीतिको गलत व्यवस्था, तरलता असहज हुनु, चाडपर्वको सिजन सुरु हुनु, कर तथा ब्याजको दायित्व बढ्नुजस्ता कारण बजार प्रभावित भएको जानकारहरु बताउँछन्। त्यस्तै नियामक निकाय अनुदार हुँदा बजारलाई नियोजित रुपमा घटाउने गिरोह पनि सक्रिय हुनुले बजार थप प्रभावित भएको उनीहरुको ठहर छ।
यिनै विषयमा बजारका ५ विज्ञ तथा जानकारले बजार घट्नुका मुख्य ५ कारणबारे विश्लेषण गरेका छन्। उनीहरुका भनाइ यस्ता छन्–
हेमन्त बस्याल (वित्त विश्लेषक)
१. बैंकिङ प्रणालीमा तरलता संकट देखिनु
२. सरकारी खर्च हुन नसक्नु
३. सेयर बजारमा अल्पकालीन लगानीकर्ता हावी हुनु
४. सीसीडी रेसियोलाई सीडी रेसियो बनाउँदा तरलतामा चाप पर्नु
५. बजार प्रभावित पार्ने हल्ला फैलाइनु
महेश आचार्य (वित्त जानकार)
१. सेयर बजारका नियामक निकाय सेबोन र नेप्से नेतृत्वविहीन हुनु
२. राष्ट्र बैंक र अर्थ मन्त्रालय सेयर बजारमैत्री नहुनु
३. सेयर धितो कर्जामा कडाइ गर्नु, सीमा तोकिनु
४. बैंक ब्याजदर बढ्नु
५. लगानीकर्ताको मनोविज्ञान गिर्नु
प्रेम ओली (बजार जानकार)
१. सेयर धितो कर्जा सीमालाई आवश्यकभन्दा बढी उचाल्नु
२. सरकारप्रति राम्रा लगानीकर्ताहरुको विश्वास गुम्नु र लोन सेटलमेन्टतिर लाग्नु
३. अर्थ मन्त्रालय, राष्ट्र बैंकजस्ता निकायले लगानीकर्ताको आत्मबल बढाउने कुनै पनि काम नगर्नु
४. सेयर बजारमा विश्वास गुमेपछि लगानी झिकेर अन्य क्षेत्रमा लगाउनु
५. सेयर बजार नियामक नेतृत्वविहीन हुँदा लगानीकर्ताका आवाज दबिनु
गोविन्दप्रसाद घिमिरे (बजार जानकार)
१. विभिन्न प्रतिकूल नीति ल्याएर नियमन निकायहरुबाट बजारमा प्रहार हुनु
२. बैंकलाई माइक्रोफाइनान्सको सेयर बेच्न लगाउनु
३. सेयर धितो कर्जामा १२० दिनको कारोबारलाई बढाएर १८० दिन पुर्याउनु
४. अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याएर पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत कायम गर्नु
५. राष्ट्र बैंकले नाफाको १ प्रतिशतको ठाउँमा १.३ प्रतिशत असल कर्जामा घटनाउनुपर्ने व्यवस्था गर्नु र सेयर धितो कर्जाको सीमा तोक्नु
दिनेप्रसाद थपलिया (बजार जानकार)
१. बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाउनु
२. बैंकिङ प्रणालीमा तरलता संकट देखिनु
३. नियमन निकाय बजारप्रति अनुदार देखिनु
४. सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्नु
५. मार्जिन कलको सम्भावना
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19