काठमाडौँ । सिर्जना फाइनान्स लिमिटेडले हकप्रद पारित गर्नका लािग साधारण सभा बोलाएको छ । जेठ १२ गते ११ बजे मोरङ व्यापार संघमा हुने साधारण सभावामा ६० प्रतिशत हकप्रदको प्रस्ताव लगिने भएको हो । 


यसका साथै फाइनान्सको सेवा क्षेत्र विस्तारका विषयमा समेत साधारण सभामा छलफल हुने बताइएको छ । 


साधारण सभा प्रयोजनका लागि फाइनान्सको शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने मिति वैशाख २६ देखि जेठ १२ सम्म तोकिएको छ । बुक क्लोज हुनुभन्दा पहिले नै अर्थात् २५ वैशाखसम्म कायम भएका शेयरधनीले मात्र ६० प्रतिशत हकप्रद खरीद गर्न पाउने छन् ।