काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । 

यो दिन नेप्से इन्डेक्स ७.२९ अंकले घटेर १ हजार ८५१ विन्दु कायम हुन पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये आज लघुवित्त उपसूचक बाहेकका सबै इन्डेक्सहरु राताम्य रहेका छन् । 

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.२५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.४२ प्रतिशतले घट्न पुगेको छ ।
बीमा उपसूचकहरु घटेपनि केही बीमा कम्पनीको सेयरभाउ भने बढेका छन् । सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५८ प्रतिशत अर्थात् १८.७० रुपैयाँले बढेर ७४४ रुपैयाँ पुगेको छ । 

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको ०.७४ प्रतिशतले बढेर सेयरभाउ ५२९ रुपैयाँ ९० पैसा, हिमालयन लाइफको ०.४९ प्रतिशतले बढेर ४१२ रुपैयाँ, सन नेपाल लाइपको ०.४५ प्रतिशतले बढेर ४६५ रुपैयाँ १० पैसा, आइएमई लाइफको ०.३८ प्रतिशतले बढेर ४९९ रुपैयाँ र प्रभु इन्स्योरेन्सको ०.३१ प्रतिशतले बढेर ६५४ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.५५ प्रतिशतले घटेर ६९९ रुपैयाँ कायम भएको छ । 
यसका साथै, शिखर इन्स्योरेन्सको १.४८ प्रतिशत, एलआईसी नेपालको १.२२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९७ प्रतिशत, एशियन लाइफको ०.९६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.४८ प्रतिशतले सेयरभाउ घटेको छ । 

सानिमा जीआईसी इन्स्योरेन्सको ०.३७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२१ प्रतिशत, नेशनल लाइफको ०.२० प्रतिशत, सलिकोको ०.१५ प्रतिशत, नेपाल लाइफको ०.०९ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ । 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन जीवन बीमा कम्पनी परेका छन् । सर्वाधिक सिटिजन लाइफको २ करोड ७७ लाख, रिलायबल नेपाल लाइफको २ करोड ६६ लाख र हिमालयन लाइफको १ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।