काठमाण्डौ । विभिन्न मर्चेन्ट बैंकरबाट संचालित म्युचुअल फण्डहरुमध्ये अधिकांशको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) बढेको छ । 

म्युचुअल फण्डहरुले प्रत्येक महिना आफ्नो कारोबारको विवरण प्रकाशन गर्ने गर्छन् । पुस मसान्तसम्ममा अधिकांशको न्याभमा वृद्धि भएको हो । 

एनआइसी एशिया क्यापिटल लिमीटेडको व्यवस्थापन र एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ग्रोथ फण्डको पुस मसान्तसम्मको न्याभ १०.४९ रुपैयाँ कायम भएको छ । अघिल्लो महिना १०.१० रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ५० करोड ७१ लाख लगानी गरेको छ भने ऋणपत्रमा २९ कराड ४५ लाख बढी लगानी गरेको छ। 

सूचिकृत नभएका सेयरमा कम्पनीको २ करोड बढी लगानी रहेको छ । 

यो अवधिसम्म स्किमको बैंकमा २२ करोड २५ लाख मौज्दात रहेको छ । 

मंसिर मसान्तसम्म ६२ लाख बढी घाटामा रहेको यो स्किम पुस मसान्तसम्म भने २ करोड ६३ लाख बढी नाफामा रहेको छ । यो स्किमले २२ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ८ जलविद्युत कम्पनी, १० लघुवित्त वित्तीय संस्था, ५ जीवन बिमा कम्पनी, ७ निर्जीवन बिमा कम्पनी, एक होटल र अन्य समूहमा २ वटा कम्पनीमा गरी कुल ६४ कम्पनीको सेयरमा लगानी गरेको छ । स्किमले सबैभन्दा बढी नवील बैंकको ४३ हजार ८ सय ६८ कित्तामा ३ करोड १५ लाख बढी लगानी गरेको छ । 

यसैगरी, एनएमबी क्यापिटलको व्यवस्थापनमा संचालित दुवै म्युचुअल फण्डको न्याभ पुस मसान्तमा बढेको छ । 

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को न्याभ बढेर ११ रुपैयाँ ३३ पैसा पुगेको हो । मंसिर मसान्तसम्म १० रुपैयाँ ८३ पैसामा सीमित थियो । 

पाँचवर्षे अवधिको बन्दमुखी यो म्युचुअल फण्डले सूचिकृत सेयरमा ४१ करोड १८ लाख बी लगानी गरेको छ भने ऋणपत्रमा १७ करोड ४० लाख, सार्वजनिक निश्कासन तथा हकप्रद र बोनस सेयरमा १ करोड ४१ लाख र स्थिर आय उपकरणमा ९ करोड लगानी गरेको छ । 

स्किमको बैंकमा १५ करोड ५७ लाख बढी मौज्दात रहेको छ । 

मंसिर मसान्तसम्म १ करोड ५३ लाख घाटामा रहेको यो स्किम पुस मसान्तसम्म भने २ करोड १९ लाख नाफामा छ । 

यो स्किमले १६ वाणिज्य बैंक, ९ विकास बैंक, १४ लघुवित्त संस्था, ३ होटल, २ जलविद्युत कम्पनी, ५ जीवन बिमा कम्पनी, ७ निर्जीवन बिमा कम्पनी र अन्य समूहमा २ गरी कुल ५८ कम्पनीको सेयरमा लगानी गरेको छ । 

एनएमबी म्युचुअल फण्ड अन्तर्गतकै अर्को स्किम एनएमबी हाइब्रीड फण्ड एल-१ को न्याभ समेत मंसिरमा १०.३८ रुपैयाँबाट बढेर १०.६७ रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा २४ करोड ८९ लाख लगानी गरेको छ । ऋणपत्र तथा बण्डमा ८ करोड ५० लाख, सार्वजनिक निश्कासन, हकप्रद तथा बोनस सेयरमा ५६ लाख ३६ हजार र स्थिर आय उपकरणमा ४२ करोड लगानी गरेको छ । 

मंसिर मसान्तसम्म १ करोड ८ लाखले नाफामा रहेको यो स्किमको नाफा बढेर पुस मसान्तसम्म ३ करोड ९७ लाख पुगेको छ । 

यो स्किमले १३ वाणिज्य बैंकसहित कुल ३९ कम्पनीको सेयरमा लगानी गरेको छ । 

यसैगरी, लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत दुवै स्किमको न्याभ समेत बढेको छ । 

लक्ष्मी इक्वीटी फण्डको न्याभ ८.२७ रुपैयाँबाट बढेर ८.७२ रुपैयाँ कायम भएको हो । 

समीक्षा अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ७१ करोड १५ लाख लगानी गरेको छ । सार्वजनिक निश्कासनमा ५ लाख ९५ हजार लगानी रहेको छ । पुस मसान्तसम्म यो स्किमको बैंकमा ३२ करोड मौज्दात रहेको छ । यस्तै, बैंकको मुद्धती निक्षेपमा ६ करोड रुपैयाँ रहेको छ । 

मंसिर मसान्तसम्म २६ करोड ५५ लाख घाटामा रहेको स्किम पुस मसान्तसम्म २० करोड ९० लाखले घाटामा छ । 

यो स्किमले विभिन्न ६६ कम्पनीको सेयरमा लगानी गरेको छ । 

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै संचालित अर्को स्किम लक्ष्मी भ्यालू फण्ड-१ को न्याभ १०.५३ रुपैयाँबाट बढेर १०.८९ रुपैयाँ कायम भएको हो ।

यो अवधिसम्म स्किमले सूचिकृत सेयरमा ३१ करोड ११ लाख बढी लगानी गरेको छ भने सार्वजनिक निश्कासनमा २ करोड ३८ हजार लगानी रहेको छ । 

स्किमले बैंकको मुद्धती निक्षेपमा ५ करोड राखेको छ भने बैंकमा १८ करोड ६३ लाख बढी मौज्दात रहेको छ । 

मंसिर मसान्तसम्म ११ करोड १५ लाखले घाटामा रहेको यो स्किम पुस मसान्तसम्म ९ करोड २५ लाख बढी घाटामा छ । 

यो स्किमले विभिन्न ३५ कम्पनीको सेयरमा लगानी गरेको छ । 

यसैबीच, नवील म्युचुअल फण्ड अन्तर्गत संचालित नवील इक्वीटी फण्डको न्याभ समेत बढेको छ । 

मंसिर मसान्तसम्म ८.०३ रुपैयाँ रहेको न्याभ बढेर ८.७७ रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ६४ करोड ५२ लाख, ऋणपत्रमा ८ करोड ६३ लाख लगानी गरेको छ । 

सूचिकृत नभएको सेयरमा ४ करोड ५१ लाख लगानी गरेको यो स्किमले मुद्धती निक्षेपमा १२ करोड ५० लाख रोखेको छ । स्किमको बैंकमा १९ करोड ३३ लाख मौज्दात रहेको छ । 

मंसिर मसान्तसम्म ६ करोड ९० लाखले घाटामा रहेको स्किम पुस मसान्तसम्म भने २ करोड ५९ लाखले नाफामा गएको छ । 

यो स्किमले विभिन्न समूहका ६० कम्पनीको सेयरमा लगानी गरेको छ ।