काठमाण्डौ । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । 

सोमबार एक्स्पो सकिएको छ । 

एक्स्पो अवधिमा भएको व्यापार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघ उत्साहित बनेको छ । 

दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भीड लागेको एक्स्पोमा अधिकांश अवलोकनकर्ताले सामान बुकिङ गरेका छन् । संघका अध्यक्ष राजेश अग्रवालले भने, ‘व्यापारका हिसाबमा ठूलो रकमको सामान बुकिङ भएको छ । यसले हामीलाई आगामी वर्षहरुमा अझ बिस्तारित शैलीमा एक्स्पो आयोजनाका लागि उत्साहित बनाएको छ ।’

जेम फ्लोरिङको प्रस्तुतीमा आयोजित एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको हो । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए । फर्निचर एक्स्पोले आफूहरुलाई पनि उत्साहित बनाएको उनको भनाई छ ।