Mutual Fund
काठमाण्डौ । एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलद्वारा प्रवद्र्धित सात वर्षे बन्दमुखी सामूहिक लगानी कोष(म्युचुअल फण्ड) ‘एनएमबी हाइब्रीड फण्ड एल–१’ ले भदौ २६ गतेदेखि निश्कासन गरेको ८० करोड मूल्यको ८ करोड इकाईमा पहिलो दिन २० करोड भन्दा बढीको आवेदन परेको छ ।
सेयरमा अचाक्ली लगानीको चाप देखिएजस्तै म्युचुअल फण्डमा समेत सर्वसाधारणको चासो बढ्दै गएको एनएमबी क्यापिटलले सार्वजनिक निश्कासन गरेको दोश्रो म्युचुअल फण्डमा परेको आवेदनले देखाउँछ ।
१० रुपैयाँ प्रति इकाई मूल्यको कुल ८० करोड रुपैयाँको ८ करोड इकाईमा सर्वसाधारणलाई लगानीका लागि खुल्ला गरिएकोमा पहिलो दिन नै २० करोड १२ लाख रुपैयाँको आवेदन परेको बताइएको छ । एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार कुल १ हजार ३ सय ९४ जनाले इकाई खरीदका लागि आवेदन दिएका छन् ।
यो अफर पहिलो चरणमा भदौ ३१ गते बन्द हुने बताइएको छ । सो अवधिसम्ममा पनि मागिएजति आवेदन नपरे आवेदन दिने अधिकतम मिति भनेर असोज ९ लाई तोकिएको छ ।
इच्छुकले न्यूनतम १ सय इकाईदेखि अधिकतम ८ लाख इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
कुल ८० करोडको सार्वजनिक निश्कासनमध्ये १२ करोड रुपैयाँको इकाई एनएमबी बैंकले खरीद गर्नेछ भने ८ लाख इकाईमा एनएमबी क्यापिटलको लगानी रहनेछ । बाँकी ६ करोड ८० लाख रुपैयाँको इकाईमा सर्वसाधारणले लगानीको अवसर पाएका छन् ।
यो म्युचुअल फण्डको सार्वजनिक निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटलले नै बिक्री प्रबन्धकको काम गरिरहेको छ ।
एनएमबी बैंकले यसअघि नै ‘एनएमबी सुलभ फण्ड १’ नामको पहिलो सामूहिक लगानी कोषलाई संचालन गरेको छ र यो कम्पनी नेप्सेमा सूचिकृत छ । यो फण्डको प्रति इकाई अन्तिम कारोबार मूल्य १६ रुपैयाँ २० पैसा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago