काठमाण्डौ । गत २४ घण्टामा देशभर ८ हजार ६३६ कोरोना संक्रमित थपिएका छन् ।
यो अवधिमा पीसीआर विधिबाट २२ हजार ३०६ र एन्टीजेनबाट ६३० गरी कुल २२ हजार ९३६ नमूनाको परीक्षण भएको थियो ।
योसहित देशमा कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
यो अवधिमा ६ हजार ४०४ कोरोनामुक्त भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।
हाल देशभर १ लाख १७ हजार २६१ सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । निको हुने दर केही बढेर ७६.६ प्रतिशत पुगेको छ ।
यो २४ घण्टाभित्र थप १६९ कोरोना संक्रमितको ज्यान गएको छ । योसहित कोरोनाबाट हालसम्म नेपालमा ज्यान गुमाउनेहरुको कुल संख्या ६७०० पुगेको छ ।
गत २४ घण्टाभित्र काठमाण्डौ जिल्लामा १८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ संक्रमित थपिएका छन् ।
उपत्यकाबाहिर कास्कीमा ५७८, मोरंगमा ४१७ र कैलालीमा ३७५ संक्रमित थपिएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19