काठमाण्डौ । गत २४ घण्टामा देशभर थपिने कोरोना संक्रमितको संख्या र निको हुनेको संख्यामा थोरै मात्रको अन्तर देखिएको छ । यो अवधिमा देशभर ८ हजार ९८० संक्रमित थपिएका छन् भने ८ हजार ८४८ संक्रमित निको भएका छन् ।
यो अवधिमा देशभर २० हजार १०५ वटा नमूनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिवारसम्म देशभर १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । निको हुने दर केही बढी ७५.८ प्रतिशत पुगेको छ ।
गत २४ घण्टाको अवधिमा देशभर थप १२९ संक्रमितको ज्यान गएको छ । योसहित कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको कुल संख्या ६ हजार १५३ पुगेको छ ।
यो अवधिमा काठमाण्डौ जिल्लामा १८११ थप संक्रमित फेला परेका छन् । ललितपुरमा ३२८ र भक्तपुरमा ६३ संक्रमित थपिएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19