काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ गतेदेखि गर्ने भएको छ ।
नेप्सेले अनलाइन कारोबार प्रणालीको बिषयमा लगानीकर्तामा अन्यौल बढेपछि एक विज्ञप्ति जारी गर्दै समयतालिका समेत सार्वजनिक गरेको हो ।
नेप्सेले पूर्व प्रतिबद्धता अनुसार आगामी साउन १ गतेदेखि नै नयाँ अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु हुनेछ । यसअघि भनिएजस्तै सुरुवातमा पुरानो र नयाँ कारोबार प्रणालीलाई सामानान्तर रुपमा अगाडि बढाइनेछ ।
पूर्व निर्धारित समयतालिका अनुसार प्रणाली निर्माता कम्पनी वाइको प्रालिबाट आवश्यक सबै मोड्यूलहरु एकीकृत रुपमा तयार भइसकेको विज्ञप्तिमा जनाइएको छ । कारोबारमा सम्बद्ध पक्षहरु धितोपत्र दलाल, सिडिएससी, क्लियरिङ बैंक र लगानीकर्तासँग समेत औपचारिक तथा अनौपचारिक छलफल हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘यो सिलसिलालाई जारी राख्दै पूर्ण स्वचालित कारोबार प्रणाली सफला पूर्वक कार्यान्वयनमा ल्याउन समय तालिका नै तोकिएको हो ।’
नेप्सेले निर्धारण गरेको समय तालिका यसप्रकार छः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19