काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘आरबीबी म्युचुअल फन्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो। यो योजनाका कुल १२ करोड इकाइ बिक्री खुला गरिएकोमा वितरण गरिएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले यो योजनालाई ‘आरएमएफ२’ कारोबार संकेत प्रदान गरेको छ। 

यो योजनाका इकाइहरु भोलि मंगलबारबाट कारोबारमा आउनेछन्।