काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षबाट ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो कार्यक्रमको घोषणा गरेका हुन्। 

यो कार्यक्रमअन्तर्गत सरकारले स्थानीय तहमार्फत एक परिवार एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था मिलाएको छ।