काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड”का इकाईहरुको खरिदबिक्रीलाई सहजिकरण गर्न गुडविल फाईनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको छ ।

यस सम्बन्धी सम्झौतामा दुवै संस्थाका अधिकारीहरुले हस्ताक्षर गरेका छन् ।  

सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, गुडविल फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर र मुक्तिनाथ बिकास बैंक लिमिटेडका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलप्रसाद गुरुङ्गले हस्ताक्षर गरे ।

गुडविल फाइनान्स लिमीटेड तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट २०७६ माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।  

यसअघि सो योजनाका इकाईहरुको कारोवार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट २०७६ असोज २७ गतदेखि हुँदै आएको छ ।